


काठमाडौँ : मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन र मतगणनाको तयारी सुरु गरिएको भन्दै निर्वाचन आयोगले आजको मतदान समग्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ।
करिब ६० प्रतिशत मत खसेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । विस्तृत विवरण अझै सङ्कलन भइरहेकाले अन्तिम तथ्याङ्क पछि सार्वजनिक गरिने उनको भनाइ छ ।
उनका अनुसार केही मतदान केन्द्रमा प्रक्रिया जारी रहे पनि अधिकांश स्थानमा मतदान सम्पन्न भइसकेको छ। ‘छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ,’ उनले भने।
भण्डारीले मतपेटिका सङ्कलन भएलगत्तै मतगणना सुरु गरिने जानकारी दिए। उनका अनुसार दुर्गम क्षेत्रका मतपेटिका ल्याउन १५ जिल्लाका विभिन्न ६१ स्थानबाट हेलिकप्टर प्रयोग गरिनेछ।
आयोगले सबै मतपेटिका सङ्कलन भएपछि सम्बन्धित केन्द्रमा मतगणना प्रक्रिया अघि बढाइने जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |