


काठमाडौँ : नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले बधाई दिएको छ।
नेपालस्थित अमेरिकी दूतावासले आज एक वक्तव्य जारी गर्दै मतदान सम्पन्न भएकोमा नेपाली जनता र सरोकारवालालाई बधाई दिएको हो। दूतावासले लोकतान्त्रिक प्रक्रियामा नेपाली मतदाताको सहभागितालाई सकारात्मक रूपमा लिएको जनाएको छ।
अमेरिकाले आगामी दिनमा गठन हुने सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यमा सहकार्य गर्न उत्सुक रहेको पनि उल्लेख गरेको छ।
यसैबीच निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |