


काठमाडौँ : दक्षिण लेबनानस्थित नेपाली शान्ति सेनाको बटालियन मुख्यालयमा शुक्रबार साँझ आक्रमण भएको छ । भवनमा क्षति पुगे पनि कुनै मानवीय क्षति नभएको नेपाली सेनाले जनाएको छ ।
इजरायल सीमा नजिक रहेको हेडक्वार्टरमा आक्रमण भएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए । उनका अनुसार आक्रमण हुँदा नेपाली शान्ति सेना बंकरभित्र रहेकाले सबै सैनिक सुरक्षित छन् ।
कताबाट के आएर भवनमा लागेको हो भन्ने खुल्न बाँकी रहेको र घटनाबारे संयुक्त राष्ट्रसंघले छानबिन गर्ने नेपाली सेनाले जनाएको छ । इरान–इजरायल–अमेरिका तनावका बीच मध्यपूर्वमा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |