


काठमाडौँ : रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भूपदेव शाहलाई महामन्त्रीमा नियुक्त गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
शाह पार्टीभित्र प्रधानमन्त्री बालेन शाह निकट समूहको सिफारिसमा नेतृत्व तहमा उक्लिएका हुन्। यसअघि काठमाडौँ महानगरपालिकामा बालेन शाह मेयर रहँदा उनी प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत थिए। पार्टीले संगठन विस्तार र आन्तरिक व्यवस्थापन सुदृढ गर्न उनलाई जिम्मेवारी दिएको जनाइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |