


काठमाडौँ :एलपी ग्यासको मूल्य बढ्दा उपभोक्तामा थप भार परेको छ भने पेट्रोल र डिजेलमा भने सामान्य मूल्य घटेको छ ।
नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेल १२ रुपैयाँ घटाएको छ । संशोधित मूल्यअनुसार काठमाडौंसहित तेस्रो वर्गका सहरमा शुक्रबार राति १ बजेदेखि पेट्रोल २१७ रुपैयाँ र डिजेल २२५ रुपैयाँ कायम भएको छ।
तर, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १५० रुपैयाँ वृद्धि गरिएको छ। निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूची र अन्तर्राष्ट्रिय बजारको अवस्थालाई आधार मानेर मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |