


काठमाडौँ : संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । सरकारले दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ भने काठमाडौंसहित विभिन्न जिल्लामा विशेष समारोह आयोजना गरिएका छन् । मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा हुँदैछ, जहाँ राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका प्रमुख तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
२०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २४० वर्षे राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यसअघि राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्ध राजनीतिक दल र तत्कालीन माओवादीबीच सहकार्य भएको थियो । १२ बुँदे समझदारी र २०६२/०६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्ले संविधानसभा निर्वाचनको बाटो खोलेको थियो । त्यसकै परिणामस्वरूप २०६४ मा संविधानसभा निर्वाचन सम्पन्न भई नेपाल गणतन्त्रमा प्रवेश गरेको हो ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |