


काठमाडौँ : आगामी आर्थिक वर्ष २०८३ ८४ को बजेट आज संघीय संसद्मा प्रस्तुत हुँदैछ । अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले दिउँसो ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उनले पहिलोपटक बजेट प्रस्तुत गर्न लागेका हुन् ।
अर्थ मन्त्रालयका अनुसार बजेट निर्माणमा पार्टीको निर्वाचन घोषणापत्र, सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजना तथा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाइएको छ । सरकारले यसपटकको बजेटलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने दाबी गरेको छ ।
नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक अभ्यासअनुसार आज बजेट सार्वजनिक हुन लागेको हो । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ निर्धारण गरेको थियो ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |