


काठमाडौँ : रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको नेतृत्वमा पुस्तान्तरणको संकेत देखिएको छ। प्रदेश महामन्त्री रहेका नवीन त्रिपाठी चार प्रतिस्पर्धीबीच भएको निर्वाचनमा विजयी हुँदै प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।
शनिबार सम्पन्न प्रदेश अधिवेशनअन्तर्गत भएको मतदानमा त्रिपाठीले २३४ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी राजन गौतमलाई पराजित गरे। यसअघि प्रदेश सभापति तथा सांसदसमेत रहेका गौतमले १८२ मत पाए।
सभापतिको दौडमा माधव कँडेल र हरिबहादुर कार्की पनि प्रतिस्पर्धामा थिए। कँडेलले ११ मत प्राप्त गर्दा कार्कीले २ मत मात्रै पाए।
प्रदेश संगठनमा सक्रिय भूमिकामा रहेका त्रिपाठी यसअघि गण्डकी प्रदेश समितिको महामन्त्री थिए। निर्वाचन परिणामसँगै रास्वपा गण्डकीको नेतृत्व अब त्रिपाठीको हातमा पुगेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |