


बुटवल : रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिएको छ। सहकारी ठगीको मुद्दा भने यथावत् रहने अदालतले जनाएको छ।
न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सोमबार गरेको आदेशसँगै लामिछानेसहित जीवी राई, कुमार रम्तेललगायत आरोपितहरू सहकारी ठगीबाहेकका दुई अभियोगबाट मुक्त भएका हुन्। यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि यस्तै प्रकृतिका अभियोग फिर्ता लिइसकेका छन्।
अब लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा काठमाडौंमा मात्रै बाँकी रहेको छ भने सहकारी ठगीका मुद्दा पाँचवटै अदालतमा विचाराधीन छन्।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रकाश मरासिनीले ती अभियोग पुष्टि हुने पर्याप्त प्रमाण नपुगेकाले अभियोजन फिर्ता लिइएको बताए। महान्यायाधिवक्ता कार्यालयको परिपत्रअनुसार पनि उक्त निर्णय गरिएको उनको भनाइ छ।
अदालतको पछिल्लो आदेशसँगै पीडितको रकम फिर्ता सुनिश्चित गरी मिलापत्रको सम्भावना समेत खुलेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |