


चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत सोबिता गौतम महिला उपसभापतिमा निर्वाचित भएकी छन्। पदाधिकारी निर्वाचनको मतगणनाअनुसार उनी उपसभापतिमा विजयी भएकी हुन्।
यसअघि पुरुषतर्फ उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका थिए। महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको मतदानमा कुल १ हजार २८९ मत खसेको निर्वाचन समितिले जनाएको छ।
रास्वपाले पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै संगठनलाई संस्थागत र व्यवस्थित बनाउने प्रक्रिया अघि बढाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |