

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले ‘जेन्जी आन्दोलन’लाई नजरअन्दाज वा अपमान नगर्न चेतावनी दिँदै यसको अवमूल्यन ३ करोड नेपाली जनताकै अपमान हुने बताएका छन्। जेन्जी शहीद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना दलहरूलाई आफ्नो परम्परागत सोच बदलेर सुध्रिन आग्रह गरे ।
‘इतिहास फेरेर फेरिँदैन, भदौ २३ मा पनि हामी सत्ताको लोभमा थिएनौँ र आज पनि छैनौँ’, गृहमन्त्री गुरुङले भने -‘सुशासनका लागि उठेका युवामाथि गोली चलाइएको इतिहास स्मरण गराउँदै यो सरकार जेन्जीका माग पूरा गर्न प्रतिबद्ध छ’।
प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेले मुलुकमा सुशासन कायम गर्नकै लागि आफूलाई गृहमन्त्रालयको जिम्मेवारी सुम्पिएको उनको भनाइ थियो। जनताको अपेक्षाअनुसार शतप्रतिशत परिणाम दिन आफू र सम्पूर्ण मन्त्रिपरिषद् दिनरात नभनी काममा खटिएको दाबीसमेत उनले गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |