

काठमाडौँ : गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा मुलुकभरका प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न संघ(संस्थाले काठमाडौंमा दीप प्रज्वलन गरेका छन्।
अरनिको यातायात र पशुपति क्षेत्र विकास कोषलगायतका निकायहरूले सोमबार साँझ पशुपतिनाथ क्षेत्रमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका हुन्। पशुपतिनाथस्थित वाग्मती तटमा हजारौँ भक्तजनको सहभागितामा दीप प्रज्वलन गरिनुका साथै बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता व्यक्तिहरूको शीघ्र खोजीका लागि प्रार्थना गरिएको छ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार मृतकहरूको सद्गतिका लागि सोमबार बिहान पशुपति परिसरमा विभिन्न धर्मग्रन्थको पाठ(पारायणसमेत गरिएको थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |