

काठमाडौँ : सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटमै महिलाले शिशु जन्माउनुपरेको दर्दनाक घटनाबारे सरकारले उच्चस्तरीय छानबिन सुरु गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै घटनाका बखत ड्युटीमा खटिएका कर्मचारीहरूलाई कामकाजबाट हटाएर छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिइन्। घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा। सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा। अजय शाहसहितको पाँच सदस्यीय छानबिन टोली घटनास्थल राजविराज पठाइसकिएको उनले बताइन्।
मन्त्री मेहताका अनुसार मन्त्रालयले सोधेको २४ घण्टे स्पष्टीकरण अस्पताल प्रशासनले पेस गरिसकेको छ। सडकमै प्रसूति भएकी आमा र नवजात शिशुलाई तत्कालै सालनालसहित पुनः प्रसूति वार्डमा लगेर आवश्यक उपचार एवं स्वास्थ्य स्याहारको व्यवस्था मिलाइएको मन्त्री मेहताले संसद्लाई जानकारी गराइन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |