


चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट विपिनकुमार आचार्य महामन्त्रीमा निर्वाचित भएका छन्।
निर्वाचित भएपछि आचार्यले पार्टीलाई थप जिम्मेवार, व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो भूमिकामा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए। उनले पहिलो महाधिवेशन निर्धारित तीन दिनभन्दा लम्बिएर छ दिनसम्म पुगेको उल्लेख गर्दै त्यसबाट प्रतिनिधि तथा सहभागीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना पनि गरे।
महाधिवेशनको व्यवस्थापनमा देखिएका कमजोरी स्वीकार्दै उनले आगामी दिनमा त्यस्ता अनुभवबाट पाठ सिकेर संगठनलाई अझ सुदृढ बनाइने बताए। पहिलो महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयनसँगै संगठनात्मक संरचनालाई संस्थागत गर्ने प्रक्रिया अघि बढाइरहेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |