


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
शुक्रबार सिंहदरबारमा संसदीय दलको बैठकपछि उनले पहिलो महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रदेश खारेजीको प्रस्ताव नरहेको बताए। बरु प्रदेश संरचनालाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन ‘रेट्रोफिट’ अर्थात् सुधार गर्ने विषयमा बहस अघि सारेको उनको भनाइ थियो।
संविधानका विभिन्न व्यवस्थामाथि छलफल आवश्यक रहेको उल्लेख गर्दै उनले प्रदेश संरचनाको प्रभावकारिताबारे बहस सबै राजनीतिक दलले गरिरहेको दाबी गरे। लामिछानेले रास्वपा लोकतान्त्रिक व्यवस्था र संघीयताको पक्षमै रहेको दोहोर्याउँदै संघीय संरचनालाई समयानुकूल परिमार्जन र सुदृढ बनाउनु आवश्यक रहेको बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |