

काठमाडौँ : जलवायु परिवर्तनले निम्त्याएको प्राकृतिक विपद्को असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने पक्का भएको छ । भदौ १० मा रसुवाको भोटेकोशीमा आएको हिमबाढीपछि शाह आफैँ महासभामा जाने निष्कर्षमा पुगेका हुन्।
आगामी असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका रहेका प्रधानमन्त्री शाहको टोलीमा यसपटक १० देखि ११ जना मात्र सहभागी हुनेछन्। जसमा उनका प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिवहरू सुभाष शर्मा र प्रदीप परियार, फोटोग्राफर विनय शाक्य र शिष्टाचार प्रमुख रहनेछन्।
परराष्ट्रमन्त्री खनालको नेतृत्वमा जाने ५ सदस्यीय टोलीमा सचिव अमृतबहादुर राई, स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसाद ढकाल र अधिकारी कुमारराज खरेल छन्। यसअघि ७८औँ महासभामा १२ र ७९औँमा २२ सदस्यीय टोली अमेरिका गएको थियो भने ८०औँ महासभामा जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी थिइनन्। परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले भ्रमणको आन्तरिक तयारी तीव्र पारेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |