


काठमाडौँ : आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुनुअघि नै प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले बैठक बहिष्कार गरेपछि लुम्बिनी प्रदेश सभाको आइतबारको बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दलका तर्फबाट धारणा राख्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक इन्द्रजित थारुले सरकारले ल्याएको बजेट विभेदपूर्ण रहेको, विपक्षीका सुझाव बेवास्ता गरिएको तथा जनताको आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाए। त्यसपछि प्रमुख प्रतिपक्ष र अन्य विपक्षी दलका प्रदेश सभा सदस्यहरू बैठक कक्षबाट बाहिरिएका थिए।
विपक्षी सांसदहरू बाहिरिएपछि सभामुख तुलाराम घर्तीमगरले सदनमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे। आइतबारको कार्यसूचीमा प्रदेश सरकारले प्रस्तुत गरेको वार्षिक राजश्व र व्ययको अनुमानमाथि सैद्धान्तिक छलफल गर्ने कार्यक्रम थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |