


काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त नियुक्तिको प्रक्रिया संसदीय सुनुवाइमा रहेका बेला निर्वाचन आयोगको कार्यवाहक नेतृत्व आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ६५ वर्षे उमेर हदका कारण असार २३ गते अवकाश भएपछि वरियताक्रमअनुसार तुलाधरलाई आयोगको नेतृत्वको जिम्मेवारी प्राप्त भएको हो।
भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। पाँच सदस्यीय आयोगमा हाल डा। तुलाधर र आयुक्त सगुनशमशेर जबरा मात्रै कार्यरत छन्। यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल २०८२ वैशाख ५ गते तथा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको २०७९ फागुन ४ गते सकिएको थियो।
यसैबीच, संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्तका लागि मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि डा। राजीव सुब्बा र गुरुप्रसाद वाग्लेविरुद्ध उजुरी आह्वान गर्दै सुनुवाइ प्रक्रिया अघि बढाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |