

काठमाडौँ : बाढीपहिरो पीडितको उद्धार र राहतका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम तीव्र बनेको छ । विभिन्न नौ वटा बैंकमा रहेका कोषका खाताहरूमा हालसम्म कुल १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ रुपैयाँ मौज्दात पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।
रकम सङ्कलनसँगै सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत राहतका लागि १ अर्ब रुपैयाँ निकासा गरिएको छ ।
स्वदेशमा मात्र नभई विदेशबाट पनि सहायता आउने क्रम बढेको छ। कोषका दुई डलर खातामा थप १ लाख ५४ हजार डलर जम्मा भएसँगै कुल रकम २ करोड ३४ लाख ३८ हजार अमेरिकी डलर पुगेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |