


काठमाडौँ : आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने तयारीस्वरूप अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल थालेका छन्। अर्थ मन्त्रालयको सुवर्ण हलमा सोमबार सुरु भएको बैठकमा बजेट कार्यान्वयनमा प्रत्यक्ष संलग्न मन्त्रालयका सचिव तथा प्रतिनिधिहरू सहभागी छन्।
अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्ट, अर्थसचिव डा। घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग–वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका, गृह र रक्षा मन्त्रालयका सचिव तथा प्रतिनिधिहरूको उपस्थिति रहेको छ।
अर्थ मन्त्रालयका अनुसार बैठकमा बजेट कार्यान्वयनलाई समन्वयात्मक, प्रभावकारी र नतिजामुखी बनाउने उपायबारे छलफल भइरहेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |