


काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई चुनाव केन्द्रित राजनीतिबाट बाहिर निकालेर सिद्धान्त र समाजसँग जोडिएको राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेस पछिल्लो समय ‘इलेक्सन मेसिन’ जस्तो बनेको टिप्पणी गर्दै कार्यकर्तालाई चुनावी गणितभन्दा जनजीवनका मुद्दामा केन्द्रित हुन आग्रह गरे।
चार जना कांग्रेस कार्यकर्ता वा नेता भेला हुँदा पनि आगामी निर्वाचनकै चर्चा हुने प्रवृत्ति बदल्नुपर्ने उल्लेख गर्दै थापाले ‘रिल’ को राजनीतिक बहसभन्दा बाहिर निस्केर ‘रियल लाइफ’ मा फर्किनुपर्ने बताए। चुनाव हार्दैमा पार्टीको विचार र आस्थासँग सम्झौता गर्न नहुने उनको भनाइ थियो।
‘हामी बिपी कोइरालाको विचार बोकेको पार्टी हौँ। एउटा चुनावबाट मात्तिने वा आत्तिने होइनौँ,’ उनले भने। थापाले समाजले स्वीकार नगर्ने र सिद्धान्तसँग मेल नखाने गठबन्धनको राजनीति कांग्रेसले बोक्न नहुने स्पष्ट पारे। वैचारिक स्पष्टता र जनविश्वासलाई केन्द्रमा राखेर मात्रै कांग्रेसले आफ्नो राजनीतिक भविष्य निर्माण गर्न सक्ने उनको भनाइ थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |