


काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनकपुरधाम भ्रमणका क्रममा आफूलाई अवरोध गरिएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कानुनी राज्यमा प्रत्येक नागरिकलाई देशको जुनसुकै भागमा निर्वाध रूपमा आवतजावत गर्ने संवैधानिक अधिकार रहेको उल्लेख गरे।
साम्पाङले साउन ५ गते जनकपुरधामस्थित जानकी मन्दिर प्रवेशका क्रममा आफूलाई रोक्ने प्रयास भएको भन्दै त्यसबारे गृहमन्त्रीको ध्यानाकर्षण गराइसकेको बताए।
उनले संसद् सहमति र जवाफदेहिताको थलो भए पनि सरकारले त्यसको सम्मान नगरेको आरोप पनि लगाए। सीमा विवादलगायतका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै सभामुखले आवश्यक रुलिङ नगरेको भन्दै असन्तुष्टि जनाए। साथै, उनले सीमा सम्बन्धी विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |