


काठमाडौँ : नेपाली बजारमा मङ्गलवार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ६ हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला १३५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य वृद्धिसँगै आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |