

काठमाडौँ : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नागरिकका बदलिँदा अपेक्षा र प्रविधिसँगै कानुनलाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित ‘संहिता दिवस, २०८३’ का अवसरमा बोल्दै सभामुख अर्यालले कानुनको प्रभावकारी कार्यान्वयन र संसदीय निगरानीमा जोड दिएका हुन्।
सङ्घीय संसद् कानुन निर्माण गर्ने मात्र नभई त्यसको कार्यान्वयनको समीक्षा गर्ने थलोसमेत भएको उल्लेख गर्दै उनले भने, ‘कानुन निर्माण र कार्यान्वयन कुनै एक निकायको मात्र नभई राज्यका सबै अङ्ग र नागरिक समाजको साझा जिम्मेवारी हो।’
कानुनको भाषा सरल र आम नागरिकले सहजै बुझ्ने हुनुपर्नेमा जोड दिँदै उनले मुलुकी देवानी र अपराध संहिताहरूले नेपालको न्याय प्रणालीलाई आधुनिक र सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको स्पष्ट पारे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |