

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदको निकास अदालतको ढोकाबाट नभई सानेपास्थित पार्टी कार्यालयमै संवादमार्फत खोजिनुपर्ने बताएका छन्। शनिबार कांग्रेसद्वारा आयोजित ग्रीन रन कार्यक्रमको उद्घाटन गर्दै उनले पार्टीको विषयलाई अदालतसम्म पुर्याउनुभन्दा नेता(कार्यकर्ता एकै ठाउँमा बसेर समस्या सुल्झाउनु उपयुक्त हुने धारणा राखे।
विशेष महाधिवेशनपछिको वर्तमान नेतृत्व स्थायी नभएको स्पष्ट पार्दै शर्माले आगामी असोजमा हुने केन्द्रीय महाधिवेशनमा सभापति, उपसभापति र महामन्त्रीसहितका पदमा प्रतिस्पर्धा गर्न चाहने सबैका लागि बाटो खुला रहेको बताए। राजनीतिक दलहरू केवल सरकार गठन र चुनाव जित्नेरहार्ने खेलमा मात्र सीमित हुन नहुने उनको भनाइ थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |