

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर र असमान क्षति भोग्न बाध्य भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै शाहले गत अगस्ट २६ को विनाशकारी भोटेकोशी बाढीलाई विश्वका लागि स्पष्ट चेतावनीका रूपमा प्रस्तुत गरेका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालजस्ता कम उत्सर्जन गर्ने मुलुकका लागि जलवायु विपत्ति मानवीय संकटका साथै विकाससम्बन्धी आपत्काल बनेको उल्लेख गरे। विपद्मा १,४०० भन्दा बढीको ज्यान गएको र ४ अर्ब ७८ करोड अमेरिकी डलर बराबरको क्षति भएको जानकारी दिँदै उनले अन्तर्राष्ट्रिय समुदायसँग ऋण नभई अनुदानमा आधारित सहायता, क्षतिपूर्ति र जलवायु न्यायको माग गरे।
जलवायु संकटले सीमा नचिन्ने स्पष्ट पार्दै शाहले जोखिम न्यूनीकरणका लागि नेपाल, भारत र चीनको संयुक्त नेतृत्वमा ‘हिमालय जलवायु प्रतिरोध संयन्त्र’ स्थापना गर्न प्रस्ताव प्रस्तुत गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |