काठमाडौं : नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १५.०१ प्रतिशत बढी हो।
अघिल्लो वर्ष बैंकको नाफा ६ अर्ब १९ करोड रुपैयाँ थियो। बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ र लाभांश क्षमता १७्.६४ प्रतिशत रहेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशत, फी तथा कमिसन आम्दानी ५.३८ प्रतिशत, सञ्चालन आम्दानी ३.४२ प्रतिशत र सञ्चालन मुनाफा २५.४४ प्रतिशतले वृद्धि भएको छ।
बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ। गत वर्ष बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा लगानी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ भएको छ। बैंकको खराब कर्जा अनुपात ४.२७ प्रतिशत छ।