काठमाडौं : संयुक्त राज्य अमेरिकाले नेपालमा गत साताको घटनापछि शान्ति र सुरक्षा पुनःस्थापित भएकोप्रति खुशी व्यक्त गरेको छ। अमेरिकन दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग सहकार्य गर्न इच्छुक रहेको बताएको छ ।
विज्ञप्तामा राष्ट्रपति रामचन्द्र पौडेल र युवानेताहरूले प्रजातान्त्रिक समाधानप्रति देखाएको प्रतिबद्धताको सराहना गरिएको छ। यस्तै नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलको भूमिकाको विशेष प्रशंसा गरिएको छ।
‘शान्ति बहाली गर्ने र नागरिक सरकार गठनमार्फत शान्तिपूर्ण निकास निकाल्न सहजीकरण गर्ने कार्यमा नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देलको महत्त्वपूर्ण भूमिकाको हामी उच्च कदर गर्छौँ,’ विज्ञप्तिमा उल्लेख छ।