काठमाडौं : जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। मृतकमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मी रहेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।
घाइते १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मीको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले घाइतेको निशुल्क उपचार गर्ने, आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्ने र मृतक परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।
आन्दोलनका क्रममा अधिकांश जिल्लामा सरकारी तथा निजी भवनमा तोडफोड भएको छ। काँग्रेस,एमाले र माओवादीको पार्टी कार्यालय तथा नेताहरुको घर पनि छानी छानी तोडफोड तथा आगजनी गरिएको छ ।