काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जेनजी आन्दोलनमा उठेका माग सम्बोधन गर्ने गरी सरकारले काम अघि बढाउने बताएका छन्।
शनिबार आन्दोलनमा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न विभिन्न अस्पताल पुगेका मन्त्री पुनले प्रधानमन्त्री सुशीला कार्कीले देशवासीको नाममा गरेको सम्बोधनअनुसार सरकार अघि बढ्ने स्पष्ट पारे।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मागबारे अहिले नै निश्चित धारणा दिन नसकिने उनले बताए। यो विषय संवेदनशील छ, विस्तृत छलफल र बहस आवश्यक पर्छउनले भने।
मन्त्री पुनका अनुसार, आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित आयोगले काम सुरु गरिसकेको छ। ूअघिल्लो सरकारका समयमा भएका निर्णयबारे आयोगको सिफारिस अनुसार कारबाही प्रक्रिया अघि बढ्छ,ू मन्त्री पुनले भने।
सरकारले जेनजी पुस्ताको भावना र चिन्तालाई बुझेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उनले शान्तिपूर्ण परिवर्तनका लागि संवाद र सहभागितामूलक प्रक्रियालाई प्राथमिकता दिने बताए।