

काठमाडौं : पर्यटन यामकै महिनामा नेपालमा विदेशी पर्यटकको आवागमन उल्लेख बढेको छ । नेपाल पर्यटन बोर्डका तथ्यांकअनुसार, अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या यस वर्षको सबैभन्दा बढी मासिक आगमनमध्ये एक हो।
दक्षिण एशिया, अमेरिका र युरोपबाट आउने पर्यटकको संख्या उल्लेख्य रह्यो। बोर्डका अनुसार अक्टोबरमा दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, युरोपबाट ४० हजार ५००, ओसियानाबाट ६ हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट ३ हजार ५४८, र अफ्रिकाबाट ४४३ जना पर्यटक आएका छन्। अन्य देशका ८ हजार ४४४ जना पर्यटकले पनि नेपाल भ्रमण गरेका छन्।
जनवरीदेखि अक्टोबरसम्म कुल ९ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन्।
अक्टोबरमा भारतबाट सबैभन्दा बढी १७ हजार २९८ जना पर्यटक आएका थिए। त्यसपछि क्रमशः अमेरिका १३ हजार २८६, बेलायत ८ हजार ७१८०, चीन ६ हजार ७५५०, जर्मनी ६ हजार ३६६०, अष्ट्रेलिया ६ हजार १७७, श्रीलङ्का ५ हजार ५३५०, फ्रान्स ५ हजार ४५०, बङ्गलादेश ९४ हजार ६४१ र म्यानमार ३ हजार ३८० रहेका छन्।
पर्यटन बोर्डका अधिकारीहरूले अक्टोबरमा पर्यटक आगमन उच्च हुनुमा अनुकूल मौसम, पर्व–चाड र हिमाल आरोहण सिजनले भूमिका खेलेको बताएका छन्। उनीहरूका अनुसार, पछिल्ला महिनाहरूमा चीन र दक्षिण एशियाली मुलुकबाट आगमन दर बढ्दो क्रममा छ, जसले कोभिडपछिको पर्यटन पुनरुत्थानलाई बल दिएको छ।
