

काठमाडौं : नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने भएको हो ।
बैठकमा पार्टीको आगामी कार्ययोजना, पोलिटब्यूरो तथा स्थायी कमिटी गठनलगायतका सांगठनिक विषयमा छलफल हुने बताइएको छ ।
बिहीबार सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको थियो। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन्।
