

काठमाडौं : नेपाली कांग्रेसभित्र उम्मेदवार सिफारिसलाई लिएर असन्तुष्टि देखिन थालेको छ। सोही क्रममा कांग्रेस नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्य उम्मेदवारको प्रस्तावित सूचीबाट आफ्नो नाम हटाउन पार्टीलाई आग्रह गरेका छन्।
कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा सिफारिस गरिएपछि डा। खड्काले पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवलाई सम्बोधन गर्दै औपचारिक निवेदन दिएका हुन्।
निवेदनमार्फत उनले सिफारिस सूचीबाट आफ्नो नाम हटाइदिन अनुरोध गर्नुका साथै केन्द्रीय कार्यालयले सम्बन्धित निकायलाई उक्त निर्णयबारे जानकारी गराइदिन आग्रह गरेका छन्।
