

काभ्रे : प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले मधु आचार्यलाई उम्मेदवार बनाएको छ। आचार्यले सोमबार कांग्रेस सभापति गगन कुमार थापाबाट उम्मेदवारीको टिकट प्राप्त गरेका हुन्।
मंगलबार उम्मेदवारी मनोनयन दर्ता हुने कार्यतालिका रहेकाले त्यसअघि कांग्रेसले विभिन्न क्षेत्रमा उम्मेदवार टुंग्याउने क्रम तीव्र पारेको छ। आचार्य सभापति थापा समूहका नेता हुन्।
काभ्रे–२ मा नेकपा ९एमाले०ले अशोककुमार ब्याञ्जुलाई उम्मेदवार बनाइसकेको छ भने नेपाली कम्युनिस्ट पार्टीबाट बसुन्धारा हुमागाईं चुनावी प्रतिस्पर्धामा उत्रिने भएकी छन्।
यससँगै काभ्रे–२ मा कांग्रेस, एमाले र वाम दलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
