


काठमडौँ : रबि लामिछाने नेतृ्तवको रास्वपा उम्मेदवार खगेन्द्र सुनारले गाई काटेर खान पाउनुपर्ने भनी दिएको अभिव्यक्तिबारे राप्रपाका महामन्त्री शरदराज पाठकले सम्बन्धित पार्टीको धारणा मागेका छन् ।
बाँके ३ बाट रास्वपा उम्मेदवार बनेका अभियन्तासमेत रहेका सुनारले हालै सार्वजनिक माध्यमहरुबाट यदि खसी (मटन ) खान पाइने हो भने गाई काटेर खान पनि पाउनुपर्ने बताएका थिए ।
महामन्त्री पाठकले सुनारको अभिव्यक्तिबारे रास्वपाले आफ्नो धारणा प्रष्ट पार्नुपर्ने भन्दै प्रेसबुकमा वक्तव्य जारी गरेका हुन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |