


काठमाडौं : प्रतिनिधिसभाअन्तर्गत झापा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएका प्राध्यापक डा. युवराज संग्रौलाले विचारका आधारमा चुनाव जित्ने दाबी गरेका छन्। शुक्रबार अनामनगरस्थित राष्ट्रिय प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले झापा–२ का मतदाताले व्यक्ति र विचार हेरेर मतदान गर्ने विश्वास व्यक्त गरे।
संग्रौलाले सञ्चारमाध्यमले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई रातारात ‘हिरो’ बनाएको भन्दै असन्तुष्टि जनाए। ‘उहाँहरूलाई भाइरल बनाउने काम तपाईहरूले नै गर्नुभएको हो,’ उनले भने।
झापा–२ मा एमालेबाट पूर्वसभामुख देवराज घिमिरे, रास्वपाबाट पूर्वउपसभामुख इन्दिरा राना मगर, राप्रपाबाट स्वागत नेपाल र कांग्रेसबाट पूर्वमन्त्री सरिता प्रसाईं उम्मेदवार छन्। चर्चित नेताहरूको प्रतिस्पर्धाले झापा क्षेत्र नम्बर २ चर्चामा आएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |