

काठमाडौं : जेनजी आन्दोलनका शहीदहरूको स्मृतिमा निर्माणाधीन संसद् भवन परिसरमा सालिक निर्माण गरिने भएको छ । सरकारले सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्दै त्यसका लागि बाटो खोल्ने निर्णय गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गुरुयोजना संशोधनलाई स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार संसद् भवन परिसरमै शहीदहरूको सालिक स्थापना गरिनेछ ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई यसअघि शहीद घोषणा गरिसकेको छ ।
