


प्रतिनिधी सभा निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसको प्रचार प्रसार तिब्र गतिमा अघि बढेको छ ।
प्रचार प्रसारको क्रममा राजविराज नगरपालिका वडा नं १५ स्थित देउरीभरुवाटोलमा आज टोल भेला सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसबाट क्षेत्र नं २ का प्रत्यासी रामकुमार यादवले बदलिएको कांग्रेस नै देशको अन्तिम भरोसा भएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसको बहुमतको सरकारले मात्र देशको वास्तविक माग समयानुकुल पूरा गर्नसक्ने भएकाले कांग्रेसको भूमिका अहम भएको औल्याउनुभयो । घरदैलो पुगेर जन-जनलाई यथार्थ सुझाउन कार्यकर्तालाइ उहाँले आग्रह गर्नुभयो ।कार्यक्रममा राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले कार्यकर्तामा पृथक उत्साह र उमंग देखिएको भन्दै कांग्रेसको विजय ध्वजा लहराउनेमा कुनै शंका नरहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा उपस्थित संविधानसभा सदस्य सकलदेव सुतिहारले देशमा देखिएको निरासा चिर्न र जनभावना अनुकुल काम गर्न नेता कार्यकर्तालाइ आग्रह गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति महानन्द यादव, महाधिवेशन प्रतिनिधी अर्जुन शाह र नेविसंघका जिल्ला अध्यक्ष राकेश ठाकुरले जनतामा झुटा आश्वासन नबाँडी सहज र सरल रुपमा पार्टीको नयाँ कार्यादेश अनुरुप प्रस्तुत हुन सुझाव दिएका थिए ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |