


काठमाडौँ : अमेरिकाले निष्कासन गरेका ९० जनाभन्दा बढी नेपाली शनिबार बिहान काठमाडौं आइपुगेका छन्। उनीहरूलाई ओम्नी एयरको चार्टर्ड विमानमार्फत श्रीलंकाको कोलम्बो हुँदै काठमाडौं ल्याइएको हो।
अमेरिकी सरकारले १२० भन्दा बढी नेपालीलाई निष्कासन गरी पठाइनेबारे वासिंटन डीसीस्थित नेपाली दूतावासलाई जानकारी गराएको थियो। त्यसपछि दूतावासले परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेको स्रोतले जनाएको छ। बाँकी केहीलाई पनि ल्याउने तयारी भइरहेको बताइएको छ।
निष्कासितहरूलाई अमेरिकी अध्यागमन कानुन उल्लंघनको आरोपमा पक्राउ गरिएको थियो। केहीले पासपोर्ट नष्ट गरेर लुकिछिपी बस्दै आएका थिए भने केही तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए।
डोनल्ड ट्रम्प नेतृत्वको प्रशासनले कडाइका साथ आप्रवासन नीति लागू गरेपछि अवैध रूपमा बस्दै आएका नेपालीहरू निष्कासनमा परेका हुन्। निष्कासित नेपालीहरूलाई काठमाडौंस्थित अमेरिकी दूतावासले अध्यागमन विभागलाई जानकारी गराई विमानस्थलमा नेपाल प्रहरीको जिम्मा लगाउने गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |