


काठमाडौं: निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ।
आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाणित विवरण प्राप्त भएपछि साहको उम्मेदवारी रद्द गरिएको हो।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका साह २०८० सालमा कालोसूचीमा परेका देखिएका छन्। विभिन्न मितिमा एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी प्रकरणमा समेत उनको नाम कालोसूचीमा उल्लेख रहेको आयोगले जनाएको छ।
आयोगले प्रचलित कानुनअनुसार उम्मेदवारको योग्यतासम्बन्धी प्रावधानका आधारमा निर्णय गरिएको स्पष्ट गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |