


काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघको १२ औँ वार्षिक साधारणसभा (एजीएम) लाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक स्थिरता कायम भइसकेको र लगानीको अनुकूल वातावरण बनेको बताए । जलविद्युत्, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको उनको भनाइ थियो ।
विगतमा केही एनआरएनको लगानीमा साझेदार वा क्षेत्र छनोटका कारण समस्या देखिए पनि ती ‘अपवाद’ मात्र भएको उनले स्पष्ट पारे । संस्थागत लगानीलाई प्राथमिकता दिँदै एनआरएन इन्भेस्टमेन्ट कम्पनीसँग सहकार्य गरेर परियोजना अघि बढाइसकेको पनि उनले जानकारी दिए ।
सरकारले आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग गठन गरेको र विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्न कानुनहरू परिमार्जन भइरहेको ढकालले बताए ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |