


काठमाडौँ : नेकपा एमालेले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट निर्वाचित हुने १६ सांसदको नाम टुंगो लगाएको छ ।
शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको पार्टी सचिवालय बैठकले समानुपातिक सांसदहरूको नाम अनुमोदन गरेको हो ।
फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ सिट जितेको थियो भने समानुपातिकतर्फ १४ लाख ५५ हजार मत प्राप्त गरेको थियो । सोही मतका आधारमा एमालेको भागमा १६ समानुपातिक सांसद परेको हो ।
समानुपातिकतर्फ चयन हुनेहरूमा भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर, कुलभक्त शाक्य, पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल, गुरु प्रसाद बराल, पुष्पराज कंडेल, कृपाराम राणा, विष्णुमाया वी।के।, नीता घटानी, रिङ्ला यादव, यशोधा कुमारी यादव, चन्द्रेश्वर मण्डल र साजिदा सिद्दीकी रहेका छन् ।
एमाले सचिव महेश बस्नेतले बैठकले नाम टुंगो लगाएको जानकारी दिएका हुन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |