



मन्त्रिपरिषद्द्वारा दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनका लागि संसदमा पठाउने निर्णय
२०८३ वैशाख २५ गते ।नेपाल सरकार, मन्त्रिपरिषद्को आज बसेको बैठकले श्रम क्षेत्रसँग सम्बन्धित दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेजहरू अनुमोदनका लागि संघीय संसद्मा पेश गर्ने निर्णय गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू यस प्रकार छन्:बाध्यकारी श्रम महासन्धि (P029): अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बाध्यकारी श्रम महासन्धि, १९३० सँग सम्बन्धित सन् २०१४ को प्रोटोकल नं. २९ लाई अनुमोदनका लागि संघीय संसद्मा पेश गर्ने स्वीकृति प्रदान गरिएको छ। यसले बाध्यकारी श्रमका आधुनिक स्वरूपहरूलाई रोक्न र पीडितहरूको सुरक्षामा मद्दत पुर्याउनेछ।श्रम निरीक्षण महासन्धि (C081): श्रम क्षेत्रमा नियमन र अनुगमनलाई प्रभावकारी बनाउन ‘श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७’ (नं. ८१) लाई पनि अनुमोदन प्रक्रियाका लागि संसदमा लैजाने निर्णय भएको छ।
अन्य महत्त्वपूर्ण निर्णयहरू:बैठकले संवत् २०८३ साल वैशाख २८ गते सोमबार दिनको १६:०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सम्माननीय राष्ट्रपतिज्यूलाई अनुरोध गर्ने निर्णय गरेको छ।
साथै, परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुलहरूलाई पदमुक्त गर्ने निर्णय समेत गरिएको छ।यी महासन्धिहरूको अनुमोदनले नेपालको श्रम बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप मर्यादित र सुरक्षित बनाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |