



काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि हुन गइरहेको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ। संघको आगामी कार्यकालका लागि व्यवसायी नेताहरू मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएपछि प्रतिस्पर्धा निकै रोचक र कडा बन्ने देखिएको हो।नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिमा विवाद उत्पन्न भई दुई तिहाइ पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्देशन बमोजिम प्रबन्ध समितिले विशेष साधारण सभा र नयाँ कार्यसमिति चयनको प्रक्रिया अघि बढाएको हो।चुनावी मैदानमा तीन मुख्य प्यानलभुर्तेल प्यानल (लोकतान्त्रिक व्यवसायी समूह): लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको तर्फबाट पूर्व महासचिव मेघनाथ भुर्तेलको नेतृत्वमा सशक्त प्यानल घोषणा गरिएको छ। ‘सशक्त संघ र सुरक्षित व्यवसाय’ को मुख्य नारासहित मैदानमा उत्रिएको यो प्यानललाई आम व्यवसायीहरूको बलियो रोजाइ र समर्थन रहेको दाबी गरिएको छ।खत्री प्यानल (संयुक्त व्यवसायी समूह): डिकबहादुर खत्री (कुमार) को नेतृत्वमा ‘संयुक्त व्यवसायी प्यानल’ चुनावी मैदानमा छ। यस प्यानलबाट प्रथम उपाध्यक्षमा महेश कुमार बस्नेत र महासचिवमा हिरा बहादुर डाँगी लगायतका अनुभवी व्यवसायीहरूले उम्मेदवारी दिएका छन्।पाण्डे प्यानल: निर्वाचनलाई त्रिपक्षीय मोड दिँदै पाण्डे नेतृत्वको समूहले पनि आफ्नो बलियो प्यानलसहित उम्मेदवारी दर्ता गराएर चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |