


काठमाडौँ : चर्चित सेफ सन्तोष साह बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा भएको आर्थिक कारोबारसँग सम्बन्धित उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार राति जनकपुरबाट नियन्त्रणमा लिएको हो ।
साहविरुद्ध रेष्टुरेन्ट खरिद गर्दा सहमतिअनुसारको सम्पूर्ण रकम भुक्तानी नगरेको आरोपमा बैंकिङ कसुरको मुद्दा दर्ता भएको छ। उक्त रेष्टुरेन्ट करिब १ करोड ३० लाख रुपैयाँमा खरिद गरिएको भए पनि बाँकी रकम नतिरेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार्यालयका एसएसपी सन्तोष खड्काले साह पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको बताए। प्रहरीले साहलाई काठमाडौं ल्याएर आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |