


काठमाडौं : नेपाल-चीन सम्बन्धलाई थप मजबुत बनाउने र चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यसहित परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चारदिने भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुका साथै उच्चस्तरीय राजनीतिक तथा आर्थिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार खनाल र वाङबीच नेपाल–चीन सम्बन्ध, आपसी हितका विषय तथा सहकार्य विस्तारका सम्भावनाबारे छलफल हुनेछ। भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता पनि गर्नेछन्।
बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै उनले चिनियाँ उद्यमी तथा व्यवसायीसँग नेपालमा लगानीका अवसरबारे संवाद गर्ने कार्यक्रम छ। दूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा मन्त्री खनालले त्यहाँ रहेका नेपाली समुदायसँग समेत अन्तरक्रिया गर्नेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |