


काठमाडौं : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सभामा सोमबार आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उक्त मन्त्रालयका लागि सबैभन्दा बढी २५ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ।
‘समृद्ध बागमतीको अभियान स् सुशासन, प्रविधि र उत्पादन’ भन्ने मूल नारासहित ल्याइएको बजेटमा चालूतर्फ २२ अर्ब ९६ करोड र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड रुपैयाँ छुट्याइएको छ। बजेटको प्रमुख स्रोत कर राजस्व, अन्य राजस्व तथा संघीय वित्तीय हस्तान्तरणलाई बनाइएको छ।
प्रदेश सरकारले स्थानीय तहका लागि वित्तीय हस्तान्तरणअन्तर्गत ६ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको छ। मुख्यमन्त्री विपन्न आवास, नवप्रवर्तन, युवा स्वरोजगार ब्याज अनुदानलगायत कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ। प्रदेशको आर्थिक वृद्धिदर ५।४ प्रतिशत पुग्ने र प्रतिव्यक्ति आय २ हजार ६४४ अमेरिकी डलर रहने प्रक्षेपण बजेटमा गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |