


काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८०औँ जन्मोत्सव आउँदो असार २३ गते निर्मल निवासमा मनाउने भएका छन्। पूर्वराजाको संवाद सचिवालयले बुधबार जारी गरेको विज्ञप्तिमा जनचाहनाअनुसार जन्मोत्सव समारोह आयोजना गर्न लागिएको उल्लेख छ।
विज्ञप्तिअनुसार समारोहका क्रममा पूर्वराजा शाहबाट शुभकामना तथा अभिवादन ग्रहण गर्ने कार्यक्रम राखिएको छ। जन्मोत्सवमा सहभागी हुन इच्छुक शुभेच्छुक, विभिन्न संघसंस्था तथा सर्वसाधारण नागरिकका लागि निर्मल निवास खुला गरिने जनाइएको छ।
संवाद सचिव फणिराज पाठकका अनुसार असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवासमा प्रवेशको व्यवस्था मिलाइनेछ। सचिवालयले कार्यक्रममा उपस्थित भई शुभकामना आदानप्रदान गर्न इच्छुक सबैलाई स्वागत गरिएको जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |