


सर्खेत : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सोमबार सुर्खेतबाट नियन्त्रणमा लिइएको छ। एमालेको चुनावी समीक्षा तथा पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले उनलाई कार्यक्रमस्थलबाटै अनुसन्धानका लागि पक्राउ गरेको हो ।
सुर्खेतस्थित एक होटलमा होटलमा चलिरहेको प्रदेशस्तरीय कार्यक्रममा सहभागी पौडेललाई सादा पोशाकका प्रहरी र जिल्ला प्रहरी कार्यालयका प्रमुखको टोलीले बाहिर बोलाएर नियन्त्रणमा लिएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार माथिल्लो निकायको निर्देशनअनुसार उनलाई अनुसन्धानका लागि पठाइएको हो।
प्रहरीले पौडेललाई सोमबार नै नेपालगञ्ज पुर्याएको छ। हवाई उडानको व्यवस्थाअनुसार मंगलबार काठमाडौं लगिने जनाइएको छ। यसैबीच, काठमाडौंको भैँसेपाटीस्थित उनको निवासमा पनि सम्बन्धित निकायले खानतलासी गरेको छ । अन्य एमाले नेताहरू भने कार्यक्रममा सहभागी नै रहेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |