


काठमाडौँ : प्रभावशाली पुनरागमन गर्दै बेल्जियम र इङ्ल्यान्डले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएका छन्। दुवै टोलीले बुधबार रातिका खेलमा दबाबपूर्ण परिस्थितिलाई अवसरमा बदल्दै नकआउट चरणको यात्रा सुरक्षित गरेका हुन् ।
सिएटलमा बेल्जियमले सेनेगललाई ३-२ ले हरायो। हबिब डियारा र इस्माइला सारको गोलमा २-० ले पछि परेको बेल्जियमका लागि रोमेलु लुकाकुले ८६औँ मिनेटमा गोल गर्दै पुनरागमनको आधार तयार पारे। त्यसपछि युरी टिलेमान्सले ८९औँ मिनेटमा बराबरी गोल गरे भने अतिरिक्त समयको अन्तिम मिनेटमा पेनाल्टीमार्फत विजयी गोल गर्दै टोलीलाई अन्तिम १६ पुर्याए।
एट्लान्टामा इङ्ल्यान्डले कंगो डीआरलाई २-१ ले पराजित गर्यो। सातौँ मिनेटमै ब्रायन सिपेङ्गाको गोलमा पछि परेको इङ्ल्यान्डका कप्तान ह्यारी केनले ७५औँ मिनेटमा बराबरी र ८६औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। अब बेल्जियमले जुलाई ६ मा अमेरिका वा बोस्निया एन्ड हर्जगोभिनासँग तथा इङ्ल्यान्डले जुलाई ५ मा सहआयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |